७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले



अ+ अ-

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत ल्याउनुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का केदारबाबु बस्नेतले पाँच हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एक वडा जितेको छ । कांग्रेसबाट वडा नं १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् ।

एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् ।

मोलुङमा एमाले विजयी
मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा एमालेका उर्मिला खतिवडाले चार हजार २०० प्राप्त गरी विजयी हुनुभएको छ । मोलुङका आठवडा मध्ये पाँच वडा एमाले र तीन वडामा कांग्रेसले जितेको छ ।

एमालेबाट वडा नं १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नं २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी हुनुभएको छ ।