९ मंसिर २०८१, आईतवार
,
Latest
आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको हो ।  पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।