काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा ७७४९ मत ल्याएर टेकराज न्यौपाने विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत गौतमले ७०२८ मत पाए ।
उपाध्यक्षमा एमालेकै नर्मदा गौतम (पौडेल) ७६६१ मत ल्याएर विजयी हुँदा कांग्रेसकी लक्ष्मी गौतमले ७०३८ मत ल्याइन् ।









