१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

मतगणनामा सुस्त गति

मतगणनामा सुस्त गति
अ+ अ-

काठमाडौँ । मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।

निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्य तालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

आज मध्याह्न १२ बजेसम्म काठमाडौँमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको छ । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । आजको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ ।

अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना सुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ । अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

उनीहरुविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौँ उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिनुभएको छ । साँझ ७ बजेसम्मको मतगणनामा उहाँले ४०२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिनुभएका नेकपा (एमाले) बाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गर्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो चरणमा झिनो मतले दाहालले अग्रता लिनुभएको छ ।

भरतपुरमा बिहान ११ः५३ मा मतगणना सुरु गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ७०० मत गणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो । अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गर्नुभएको छ ।

बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ । पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् ।

यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । –नारायण ढुङ्गाना