२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



अ+ अ-

काठमाडौँ । साहस उर्जा लिमिटेडले साधारण शेयर (आईपीओ) मा आवेदनको लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । 

असोज ८ गतेदेखि खुलेको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसयता (हिजो) शनिबार पनि र (आज) आइतबार पनि आवेदन दिनेहरु थपिएका छन् ।  उक्त कम्पनीको आईपीओमा आवेदन दिन आज कार्यालय समयसम्म मिल्ने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ । 

बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः उक्त कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।