२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । आइतवार देखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार ४४.१६ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंकले वृद्धि भएको छ ।

बुधवार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार कित्ता शेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकममा पनि सुधार भएको छ । मंगलवार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह सबैमा हरियाली छाएको छ । बुधवार १३ उपसमूहमध्ये सबैभन्दा बढी जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.३५ प्रतिशत बढेको छ । विकास बैंक, लगानी र माक्रोफाइनान्स उपसमूहको सूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक २ प्रतिशत भन्दा बढी भएको छ भने अन्य, जीवन बीमा , बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

बुधबार ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता ७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा १० करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।