११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला



अ+ अ-

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि ८ करोड रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ। कम्पनीले ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । हिजोआज खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण उक्त कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ । 

उक्त शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।