२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि



अ+ अ-

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) असोज १५ गतेदेखि निष्काशन खुला हुने भएको छ । उक्त कम्पनीले २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्कासन खुला गर्न लागेको हो । 

२२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।  

उक्त कम्पनीको आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धकले उल्लेख गरेको छ ।

२० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले पाउने छन् । हिजोआज आईपीओ २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः लगानीकर्ताले १० कित्ताको लागि मात्र आवेदन दिनु उपयुक्त देखिन्छ ।  

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले भदौ १ गतेदेखि छिटोमा १५ गते र ढिलोमा भदौ ३० गतेसम्म निष्काशन खुला गरिएको थियो । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।