३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु



अ+ अ-

बोगोटा । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको “सार्वजनिक प्रतिष्ठान“ मा भएको सेनाले जनाएको छ । 

सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुदै आएको पाइन्छ । एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् । (रासस-एएफपी)