१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

काँग्रेस अधिवेशनः नुवाकोटमा देउवा पक्षको बर्चस्व

काँग्रेस अधिवेशनः नुवाकोटमा देउवा पक्षको बर्चस्व
अ अ+ अ-

नुवाकोट । नेपाली काँग्रेसको जारी पालिका अधिवेशन अन्तर्गत नुवाकोटमा संस्थापन पक्षको बर्चस्व देखिएको छ । यहाँका १२ वटा पालिकामध्ये ८ वटामा नै पार्टीको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाको पक्षका पदाधिकारी सहितको कार्यसमिति चयन भएको छ । अधिकांश स्थानमा निर्वाचन भएको र ती निर्वाचनहरुमा देउवा पक्षको बर्चस्व रहेको देखिएको हो । 

यहाँ विगत लामो समयदेखि आफूलाई संस्थापन मान्दै आएका अर्जुननरसिंह केसी र डा रामशरण महतको पक्षमा पालिकाहरुमा यसपटक भने कमजोर अवस्था देखिएको छ । शनिबार सम्पन्न पालिका निर्वाचनमा १२ मध्ये ४ स्थानमा विजय हासिल गरेका पौडेल पक्षका पनि तीन स्थानमा त एक/एक मतको फरकले मात्र जितेका छन् । जस्तै पालिकाहरु तारकेश्वर र विदुरमा एक मतले मात्र पौडेल पक्षका सभापति जितेका छन् । ती स्थानमा पनि सभापति बाहेकका अरु पदाधिकारी र अधिकांश कार्यसमितिमा देउवा पक्षकै बढी छन् ।  

यता देउवा पक्षका उम्मेदवारले जितेका स्थानमा सबै पदाधिकारी र कार्यसमिति नै आएका छन् भने उता पौडेल पक्षले विजयी भएका स्थानमा भने कतै पनि पूरै पदाधिकारी छैनन् । पौडेल पक्ष विजयी भएका चार पालिकामध्ये एउटामा मात्र पदाधिकारी सहित प्यानलै विजयी भएका छन् भने यता देउवा पक्षले जितेका स्थानमा सबै प्यानल नै विजयी भएका छन् । 

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री डा.रामशरण महत र वर्तमान सहमहामन्त्री डा प्रकाशशरण महतको घर रहेको पञ्चकन्या गाउँपालिकामा भने सबै प्यानलै देउवा पक्षका विजयी भएका छन् । जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ताहरु यो सबै सहमहामन्त्री प्रकाशशरण महतको प्रभाव र खटाइले भएको बताएका छन् । 

जिल्लामा यसअघिको वडा अधिवेशनमा पनि यही अनुपातमा संस्थापन अर्थात् देउवा पक्षका पदाधिकारी विजयी भएका छन् । यहाँ अहिले तल्लो स्तरदेखि पालिकाको नेतृत्वसम्म नै देउवा पक्षको वर्चस्व देखिएको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरुले नुवाकोटमा धेरै लामो समयपछि देउवा पक्षको यो जित भएको बताएका छन् । उनीहरु पार्टीमा सहमहामन्त्री डा प्रकाशशरण महतको खटाई र उहाँको प्रभावका साथै पार्टीको आसन्न महाधिवेशनमा सभापति देउवाले उनलाई नै सहमहामन्त्रीको उम्मेदबारका रुपमा अघि सारेकाले यो परिणाम आएको बताएका छन् ।