१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

सडक तथा खानेपानी विभागका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन सकेनः प्राधिकरण

सडक तथा खानेपानी विभागका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन सकेनः प्राधिकरण
file
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिनु भयो । उहाँले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पु¥याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताउनु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी समेत गर्नु भयो । 

उहाँले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पु¥याउन सघाउ पु¥याएको स्मरण गराउनु भयो । प्रबन्ध निर्देशक घिसिङले भन्नु भयो, ‘अन्डर ग्राउन्ड केवल विछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल  गरिरहेको छ । 

ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिव करिव ९५ प्रतिशत विद्युतीकरण भईसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फास्ट्रचर हो । कुनै पनि फाईवर तान्नु प¥यो भने त्यही पोल यूज हुन्छ । र फाईबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आईरहेको छ । त्यो नेपाल विद्युत प्राधिकरणको ईन्फास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणले कन्जुमरहरुबाट बार्षिक करिव ७० अर्व आयआर्जन गरिरहेको जानकारी पनि दिनु भयो ।