२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ ललितपुर महानगरमा एमालेको ५९ बुँदे प्रतिबद्धता (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरपालिकामा एमालेको सरकार’ नारासहित व्यञ्जनकारको चुनावी प्रतिविद्धतामा महानगर विकासका ५ स्तम्भ समेटिएको छ ।

जसमा महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्नेसम्म उल्लेख छ ।

राजश्वका श्रोतहरुको पहिचान एंव विस्तारका लागि पञ्चवर्षिय राजश्व परिचालन
कार्ययोजनालाई उनले अघि सारेका छन् ।

यस्तै, उनले प्रत्येक वडामा कम्तीमा विभिन्न ३ स्थानमा फ्रि वाईफाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रतिवद्धता पत्रमा भनेका छन् – ‘एक घर एक करेसाबारी, बाह्रै महिना हरियो तरकारी ।’

पूर्णपाठः

pratibadatta lalitpur mahanagar