१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

पार्टी संगठनलाई व्यवस्थित बनाउँदै माओवादी केन्द्र

पार्टी संगठनलाई व्यवस्थित बनाउँदै माओवादी केन्द्र
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेश गरेको र ति योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो । त्यस्तै बैठकमा विगतमा विभिन्न समयमा भएको पार्टी एकिकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उहाँले जानकारी दिनुभयो । 

कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजानका लागि अगाडी बढ्ने उहाँले बताउनुभयो । त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाई छ ।

स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानूनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानूनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरुको टुंगो लगाइने बताउनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।