काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जाभेद खानबीच भेटवार्ता भएको छ ।
बुधबार जंगी अड्डाको प्रधान सेनापतिको कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
उक्त भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।











