१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

नागरिकको जीवन रक्षा, सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री

नागरिकको जीवन रक्षा, सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । 

गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोभिड–१९ को संक्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पार्नु भयो । उहाँले पर्यटन व्यवसायलाई सहज ढंगले संचालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘कुनै पनि नेपालीको अकालमा मृत्यु हुनु भएन । अकाल मृत्युबाट नागरिकलाई कसरी रक्षा गर्ने अहिलेको सरकारको सबैभन्दा मूल फोकस नै यही हो । कोभिड– १९ को संक्रमणले पनि कसैले मृत्यु हुनु भएन । दूर्घटनामा पनि कसैको मृत्यु हुनु भएन । एक आपसमा हानहानले पनि कसैको मृत्यु हुनु भएन । कुनै पनि कारणले नागरिकको अकालमा मृत्यु हुन्छ भने हामी सबैलाई त्यसको पीडा हुन्छ ।’

गृहमन्त्री खाँणले ठमेललगायतका पर्यटन व्यवसायीहरुको व्यवसाय सहज ढंगले संचालनका लागि सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताउनु भयो । छलफलमा पर्यटन व्यवसायीहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए । उनीहरुले कोभिड १९ का थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले आवश्यक वातावरण बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिएका थिए ।