१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येय प्रविधिमैत्री कक्षाकोठा निर्माण

विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येय प्रविधिमैत्री कक्षाकोठा निर्माण
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो ।

परियोजनाको रु ३२ लाखको सहयोगमा निर्माण गरिएको कक्षाकोठामा कम्प्युटर, स्मार्ट बोर्ड, ल्यापटप, फर्निचर, क्यामेरा, सिसिटिभी क्यामेरा लगायतको व्यवस्था गरिएको छ । देश विदेशमा प्रविधि, कृषि, वैज्ञानिक उपलब्धि, अन्य विकास, घटनाक्रमसँगै कम्प्युटर सम्बन्धिका कुरा विद्यार्थीलाई सिकाउनका लागि प्रविधिमैत्री कक्षा कोठा निर्माण गरी सञ्चालनमा ल्याइएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद पाण्डेयले जानकारीदिनुभयो 

“परियोजना अन्तर्गत २६ वटा कम्प्युटर खरिद गरेका छौं” उहाँले भन्नुभयो,“विद्यालयको लगानीमा  २४ वटा थप कम्प्युटर खरिद गरी कक्षाकोठामा राखिएको छ । यसबाट सहज रुपमा विद्यार्थीको कम्प्युटरमा पहुँच अभिवृद्धि भएको छ ।” सूचना प्रविधिबारे पठनपाठन गर्ने शिक्षकलाई तालिमको व्यवस्था गरी दक्ष पारिएको उहाँले बताउनुभयो ।

विद्यालयका गतिविधि र जानकारीमूलक कुराबारे जानकारी दिनका लागि विद्यालयमा डिजिटल नोटिस बोर्डकोसमेत व्यवस्था गरिएको छ । आवश्यकताका आधारमा कक्षा १ देखि १२ सम्म र प्राविधिक तर्फका डिप्लोमा र प्रि डिप्लोका विद्यार्थीलाई कम्प्युटर शिक्षा दिने कार्य भइरहेको सहायक प्रअ पाण्डेयले जानकारीदिनुभयो ।

बढ्दो प्रविधिको प्रयोगसँगै विद्यार्थीलाई समेत त्यसबारे अभ्यस्त बनाउनका लागि परियोजना अन्तर्गत गरिएको सहयोगले मद्दत पु¥याएको उहाँको भनाइ छ । परियोजनाले देशभरीका सामुदयिक विद्यालयमध्ये ७० विद्यालयबाट आशयपत्र आएकामा ४० विद्यालय छनोट भएका थिए ।

 सुदूरपश्चिमबाट श्रीकृष्ण माध्यमिक विद्यालय मात्रै छनोटमा परेको छ । यससँगै आधुनिक सूचना प्रविधि र डिजिटल साधनको प्रयोग गरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई गणित र स्वास्थ्य शिक्षामा पठनपाठन गर्ने कार्य विद्यालयका शिक्षकको पहलमा दुई वर्ष अघिदेखि सञ्चालन हुँदै आएको छ ।
 
कम्प्युटरमै पठनपाठनका सामग्री तयार गरी विद्यार्थीलाई प्रोजेक्टरको सहायताले देखाइ पढाउने गरिँदै आएको छ । यसबाट विद्यार्थीले सहज रुपमा सिक्ने गरेको विद्यालयका शिक्षकको भनाइ छ । कम्प्युटर शिक्षासँगै विद्यालयमा विद्यार्थीलाई पठनपाठनमा सहजता प्रदान गर्नका लागि पुस्तकालय र प्रयोगशालको समेत व्यवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले बताउनुभयो ।
 
उहाँका अनुसार कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निःशुल्क रुपमा पठनपाठन गरिँदै आएको छ । माथिल्ला कक्षामा न्यून शुःल्कमा पठनपाठनको व्यवस्था गरिएको छ । विसं २०२२ मा स्थापना भएको विद्यालयमा ६०० बढी विद्यार्थी पठनपाठन गर्दै आएका छन । विद्यालयमा २२ जना शिक्षक कार्यरत रहेका छन् । (रासस)