६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपाल हमालले गराए धनगढीको मेयरमा मनोनयन



अ+ अ-

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

यसैबीच, धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन् । साथै, उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले उम्मेदवारी दर्ता गराएका हुन् । धनगढी चौराहबाट समर्थकको र्‍याली र बाजागाजासहित उनी निर्वाचन कार्यालय पुगेका थिए ।