ललितपुर । ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनायो । तर साईकल लेनमा साईकल यात्रुहरु भन्दा अन्य सबारी साधनहरु पार्किङ गर्ने ठाउँ संगै फोहर थुपार्ने ठाउँ भयो ।
महानगरपालीकाले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरेको छ । साईकल लेन अतिक्रममा परेपछि नियमित रुपमा साईकल चलाउनेहरुको समूह नेपाल साइकल सोसाइटीले जनचेतना सहित साईकल लेन सफाई गरेको छ ।
समुहका सदस्यहरु र महानगरपालीको संयोजनमामा अभियान संञ्चालन गरेको कार्यक्रममा सहभागीह न्हुन्छेमान डंगोलले जानकारी दिनुभयो । महानगरपालीकाले सडकको कुल भागको १.५ मिटर चौडाइको साईकल लेन निर्माण गरको छ ।