२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“भिटेन”  र मिलन जुटे अनाथ बालबालिका सहयोगार्थ कार्यक्रममा



अ+ अ-

काठमाडौँ । हिन्दु नेपालीहरु महान पर्व विजयादशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ जाने भएका छन् । यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक प्रकाश घर्ति मगरले जानकारी दिनुभयो ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,मोडल बिजय पुन, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ । कार्यक्रमलाई सफल पार्नका लागी आयोजक पक्षले विजया दशमीको छेकोमा सबैलाई उपस्थित हुन आग्रह गरेको छ । टिकट दर भने भि।आई।पी।रु ५०० रहने छ भने नर्मल रु ३०० रहने छ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ  विजया दशमीको छेको  पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि।एम्। इन्टरप्रजेज हो भने सह अयोजक के।एम्। फिट्नेस सेन्टर हो ।