१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपिएलः पोखराको जित, विराटनगर बाहिरियो



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट  विराटनगर वारियर्सको यात्रा समाप्त भएको छ ।

शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो ।

कीर्तिपुरका त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । उनले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

यसतै, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदानी दिए । उनले पनि ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै साहन अर्चाचिगेले ४३ रनको योगदानी दिए । 

विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक–एक विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा सर्वाधिक ४४ रन जोडे । उनले ६ चौका प्रहार गरे ।  यस्तै सिकन्दर राजाले २० बलमा २९ रन जोडे । 

सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाए । 

पोखराका बिक्रम सोवले २ विकेट लिँदा विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक–एक विकेट लिए ।

यो जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लगातार चार खेलमा पराजय भोगेको विराटनगर भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले अंक जोड्न सकेको छैन ।