१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

काठमाडौँको फोहर व्यवस्थापन : स्रोतदेखि नै समस्या

काठमाडौँको फोहर व्यवस्थापन : स्रोतदेखि नै समस्या
अ अ+ अ-

काठमाडौँ । दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो ।

आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीनरूपमा अहिले त्यहाँ फोहर विसर्जन बाध्यात्मक छ ।

गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीबाट आन्दोलन गरी फोहर रोक्ने काम भयो तर आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । अहिलेको टड्कारो समस्या यही हो । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा स्थान तय भए पनि त्यहाँ निर्माणको काम जारी छ । त्यसैले सिसडोलमा अहिले पनि समस्या ज्यूँका त्यूँ छ ।

सिसडोलका स्थानीय राममणि घिमिरेका अनुसार त्यहाँ दुर्गन्धले बसिसाध्य हुन्न । कतिपय अवस्थामा विष्फोटक पदार्थ विष्फोट भएको उदाहरण रहेको र बमसँग बस्नुपरेको महसुस हुने भन्दै दुःखद् अनुभूति उहाँले सुनाउनुभयो । “सिसडोलका बासिन्दालाई फोहोरले असर गर्दैन, पैसा दिएपछि समाधान भयो भन्ने सोच कहाँसम्म ठिक हो रु”, उहाँले भन्नुभयो, “समाधानका लागि खै राज्यको ध्यान ।”

उपत्यकाको काठमाडौँ र ललितपुर महानगपालिकासहित १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । दीर्घकालीन व्यवस्थापनको राम्रो उपाय १६ वर्षसम्म नबनाइएकामा आजित भएको सुनाउँछन् सिसडोलवासी । काठमाडौँमा वास मिडिया फोरमद्वारा उपत्यकाको फोहर व्यवस्थापनका सवालमा आज आयोजित एक अन्तक्र्रियामा स्थानीयवासीले समस्या लिएर सरकारी निकाय धाउँदा–धाउँदा वाक्क भएको दुःखेसो सुनाउनुभयो ।

सिसडोलमा फोहर विसर्जनमा समस्या रहेको काठमाडौँ महानगरपालिकाको समेत स्वीकारोक्ति छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल फोहर व्यवस्थापनमा विगतदेखि नै त्रुटि हुँदै आएको स्वीकार गर्दै भन्नुहुन्छ, “सबै लाग्ने हो भने समाधान गर्न नसिकने होइन, सम्भव छ ।”

सिसडोलवासी भने जनप्रतिनिधिबाट फोहरको समस्याको दीर्घकालीन समाधान हुनेमा विश्वस्त छैनन् । उनीहरु अधिकारसम्पन्न प्राधिकरण बन्नुपर्नेमा जोड दिन थालका छन् । घिमिरेले पैसाले मात्रै समस्याको समाधान हुन्छ भनेर नसोच्न चेतावनीसमेत दिनुभयो । विगतमा सम्झौता गर्दा पनि पहिलो शर्त नै फोहर व्यवस्थापन थियो । त्यसपछि मात्रै अन्य आर्थिक तथा विकासका काम राखिएको उहाँले स्मरण गर्नुभयो । 

काठमाडँौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ पनि उपत्यकाको फोहर व्यवस्थापन भयावह अवस्थामा पुगेको सुनाउनुहुन्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि आवश्यक काम हुँदैछ । दुई वर्षअघि नै बन्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम सकिएको छैन । त्यसकारण पनि सिसडोलमा समस्या थपिँदो छ ।

उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुने श्रेष्ठ बताउनुहुन्छ । “त्यो चेतना मानिसमा विकास हुनै सकेन, यसको पहिलो व्यवस्थापन भनेको स्रोतबाटै हुनुपर्छ, त्यसको विकल्पै छैन”, श्रेष्ठले थप्नुभयो ।

सिसडोलमा ४३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । दुई वर्षका लागि भनेर विसं २०६२ मा जाइकाको सहयोगमा कार्यक्रम थालिएको थियो । १६ वर्षदेखि नियमित फोहर लैजाँदा त्यो क्षेत्र विस्तारै भरिँदै गयो र अहिले विकराल स्थितिमा पुगेको हो ।

बन्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार ७९२ रोपनी क्षेत्र छुट्याइएको छ । यस्ता कार्यक्रम बनाउँदा जनसङ्ख्याको वृद्धिसँगै भविष्यमा आउनसक्ने चुनौती आँकलन गरेर दीर्घकालीन रणनीति आवश्यक हुन्छ । विगतमा त्यस्तो योजना नबन्दा सिसडोल समस्याग्रस्त बनेको हो ।

सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ पनि  सवल र दुर्वल पक्ष विष्लेषण गरेर जनसङ्ख्याको चापसँगै फोहर व्यवस्थापनको योजना आवश्यक रहेको औँल्याउनुहुन्छ । उहाँ पनि कौसी, बरण्डा खेती गरेर कुहिने फोहर व्यवस्थापन गर्ने र पुनः प्रयोग गर्न मिल्ने फोहरलाई त्यहीअनुसार प्रयोग गर्दा केही हदसम्म समस्या कम हुने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फोहर व्यवस्थापनमा हामी सबै भन्ने नाराका साथ लाग्नुपर्छ, सम्भव छ ।”
 
सरसफाइको क्षेत्रका काम गर्दै आएको संस्था लुमन्तीका कार्यकारी निर्देशक  लजना मानन्धर कौसीमा मात्रै हुने व्यवस्थापनले फोहरको दीर्घकालीन समाधान नहुने जिकिर गर्नुहुन्छ । बदलिँदो सहरीकरणअनुसार योजना निर्माण गरी दिगो समाधान नै अहिलेको आवश्यकता भएको उहाँले औँल्याउनुभयो । 

महानगरपालिकाका प्रवक्ता डङ्गोल उपत्यका फोहर व्यवस्थापनमा दीर्घकालीन योजना नबनेकै कारण अहिले जटिलता आएको बताउनुहुन्छ । “दुई वर्षका लागि भनेर लिएको सिसडोल आज १५ वर्ष बितिसक्यो अझै त्यहाँ फोहर फालिँदै छ, योजनाबद्धरूपमा फोहर फाल्ने गरी बनेको क्षेत्र सिसडोल होइन, त्यो विगतको गल्तीलाई सबैले मनन गरेर मिलेर समस्या समाधान गर्नुपर्छ”, डङ्गोलले भन्नुभयो । पछिल्लो समयमा समस्या पर्छ, सम्झौता गरिन्छ, फेरि समस्या आउँछ अनि सम्झौता गरिन्छ यसैगरी फोहर व्यवस्थापनको काम भइरहेको उहाँले सुनाउनुभयो । यसरी काम गरेर कति समय थेप्ने गम्भीर चिन्ताको विषय हो ।

दुई दिनमात्रै काठमाडौँको फोहर उठेन भने मुलुकलाई नै प्रभावित बनाएको हुन्छ । बागमती सफाई अभियानका एक अभियानकर्मी तथा पूर्वसचिव किशोर थापा सकारात्मक सोचका साथ काम गर्न सके फोहर व्यवस्थापन सम्भव भएको बताउनुहुन्छ । विदेशको उदाहरण लिनै नपर्ने बताउँदै उहाँले भन्ुनभयो, “हेटौँडाले कम्पोष्ट मल बनाइरहेको छ, वालिङले फोहर किनिरहेको छ, दाङ र धनकुटामा पार्क नै बनेको छ भने काठमाडौँमा किन व्यवस्थापन गर्न सकिँदैन ।” उहाँले मुख्य कुरा नागरिकमा फोहर छुट्याउनुपर्छ, घरमै व्यवस्थापन गर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा समस्या परेको बताउनुभयो । – नारायण ढुङ्गाना