१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो च्याम्पियन



अ+ अ-

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

खेलमा आर्मीले पहिलो सेट २६–२४ ले जित्दा हेल्प नेपालले दोस्रो सेट २५–१७ ले आफ्नो बनायो ।

तेस्रो सेटमा आर्मीले २५–१८ ले आफ्नो पक्षमा पार्दा त्यसपछि चौंथो सेटमा ३३–३१ को संघर्षपूर्ण जित निकाल्दै आर्मी च्याम्पियन बनेको हो । 

च्याम्पियनसिपको महिला र पुरुष दुबै तर्फको विजेताले ४ लाख प्राप्त गरे । यस्तै उपविजेताले २ लाख  प्राप्त गरे भने तेस्रोले १ लाख पुरस्कार पाए । 

यो पनिः एपीएफलाई हराउँदै न्यु डायमन्डले जित्यो महिलातर्फको एनभीए भलिबलको उपाधि