१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारविरुद्ध जसपाले गर्यो राँके जुलुससहित प्रदर्शन



अ+ अ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले राँके जुलुस प्रदर्शन गरेको छ।  प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा शनिबार साँझ  जसपनले राँके जुलुस प्रदर्शन गरेको हो । 

जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का ८ वटै जिल्लाका सदरमुकामहरू जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौरलगायतमा राँके जुलुस निकालेका हुन् ।  प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैनलगायतका नारा लगाएका थिए।

गत बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल खरिदका कागजात जफल गरेको थियो।

बेनामे कम्पनीका गुणस्तरहीन साइकल खरिद गरी व्यापक अनियमितता गरिएको जनगुनासो आएपछि अख्तियारले छापा मारेको हो। 

त्यसैको विरोधमा जसपा प्रदेश २ कमिटीले आन्दोलन घोषणा गरेको हो।  आन्दोलनअन्तर्गत भोलि आइतबार प्रदेश २ का जिल्लामा अख्तियारविरुद्ध जुलुस प्रदर्शन गरिने जसपाले जनाएको छ।