२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जलाउने नै बने कांग्रेस नगर सभापति



अ+ अ-

लमजुङ । कांग्रेस महाधिवेशनमा षड्यन्त्र गरेको भन्दै मतपत्र जलाउने श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरपालिकाको सभापति पदमा विजयी भएका छन्। शेरबहादुर देउवा पक्षका नेताले षड्यन्त्र गरेको भन्दै मतपत्र जलाउने उनले शनिवार भएको निर्वाचनमा १ सय २२ मत ल्याउँदै सभापति पदमा जित हासिल गरेका हुन्।

रामचन्द्र पौडेल पक्षका उनले सभापतिका अर्का उम्मेद्वार नुरराज कडरियाले ७५ मत ल्याएको निर्वाचन अधिकृत दिनेश चिलुवालले जानकारी दिएका छन्। राइनासमा २ सय २ जना मतदाता छन्।

उपसभापतिमा सन्तोष गुरुङ र राजकुमार भुजेल, सचिवमा गोबिन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ, सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्यौपाने  विजयी भएका छन्। गत शनिवार कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत राइनास नगरपालिकामा विवाद भएको थियो। सभापति देउवा पक्षका नेताले षड्यन्त्र गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतपत्र जलाएका थिए।