२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल निर्माण तत्काल सम्पन्न गर्न निर्देशन



अ+ अ-

मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो ।

जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि प्रशासनले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायलाई निर्देशन दिएको हो तर प्रशासनले निर्देशन दिएको एक महिना हुँदासम्म पनि निर्माणाधीन मोटरेबल पुल निर्माण भने अझै सञ्चालन भएको छैन । सरकारी निकाय र निर्माण व्यवसायी दुवैले अख्तियारीको दुरुपयोग गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

उहाँ भन्नुभयो, “ङिस्याङ–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ । सरकारी रकम खर्चेर तोकिएको समयमा काम गर्ने गराउने सम्झौता गरेका सरकारी निकाय र निर्माण व्यवसायी दुवैले समयमै काम सम्पन्न नगरी अख्तियारीको दुरुपयोग गरेको छ । यो चरम लापर्बाही भयो । हामीले दिएको निर्देशनसमेत मानेको छैन । अटेर गरेर बसेका छन् । पटकपटक तकेता गर्दै आए पनि ठेकेदारले मानेको छैन ।”

ङिस्याङ–४ हुम्डे र वडा नं ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडा नं ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्रे छ । करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । काठमाडौँस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले रु चार करोड ५१ हजारको लागतमा निर्माण सुरु गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो ।

सङ्घीयता कार्यान्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । यसपछि मनाङमै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो । त्यसैगरी मनाङ्गो माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौंदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४/०७५ मा सम्झौता भई निर्माण सुरु भएको सो ती पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

सो मोटरेबल पुल निर्माणका लागि स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो । कम्पनीले रु नौ करोड रकममा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कोरोना सङ्क्रमण जोखिमसँगै सोही बहाना बनाएर कम्पनीले निर्माण अवधि लम्ब्याउँदै गएको स्थानीयले गुनासो गर्दै आएका छन् । पुल निर्माण ढिलाइ गर्ने र प्रशासनको निर्देशनसमेत नमान्दा प्रशासनले कानुनबमोजिम कडा कारबाही गर्ने पुनः चेतावनीका साथ निर्देशन दिएको छ । साथै उक्त दुवै पुलको काम यथाशीघ्र सुरु गरी समयमा काम सम्पन्न नगरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । रासस