१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा गोविन्द बन्दीलाई समावेश गरिएको होः बेदुराम भुसाल (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताउनुभएको छ ।

बिहीबार संक्षिप्त प्रतिक्रिया दिदैँ महासचिव भुसालले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला(गोविन्द बन्दी)लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा नियुक्त गरिएको बताउनुभएको हो ।

यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानून व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै उहाँले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफुहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताउनुभयो । महासचिव भुसालले गैर सांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्रि भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘उहाँलाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्नेकुरा पहिले पनि भएको थियो । खासगरीकन कानून व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल बिस्तार गर्नुभयो त्यतिबेलै देखि थियो । विभिन्न कानून व्यवसायी साथीहरुबाट पनि, कानूनी क्षेत्रका विभिन्न नेता साथीहरुका नाम पनि आएका थिए । त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो । र हामीले त्यतिबेला चाहीँ पार्टीको कोटाबाट गोविन्दजीलाई राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ । र बिचमा पनि उहाँलाई चाहीँ त्यो साझा बनाएर लाने भनेको अहिलेसम्म भएन किन भन्ने कुराहरु हुँदै नै आएका थिए । त्यसै सन्दर्भमा अहिले त्यो विषय अगाडी बढेको हो । गैरसांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानले दिने विषय भएको हुनाले अथवा संविधान अनुसार गर्न मिल्ने भएको हुनाले त्यसमा विवाद गर्नुपर्ने त कुनै विषय नै छैन नि ।’

गोविन्द प्रसाद शर्मा कोइराला(गोविन्द बन्दीलाई) बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको हो ।




भर्खरै