१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

धवलागिरि हिमाल आरोहीलाई सम्मान

धवलागिरि हिमाल आरोहीलाई सम्मान
अ अ+ अ-

काठमाडौं । संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गर्नुभएको थियो । 

हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडौं जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासङ्घका शाखा सचिव सन्तोष गौतम, प्रदेश परिषद् सदस्य विक्रम बोगटी र धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले पूर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोवित गौचनलाई सम्मान गर्नुभएको थियो । 

दुवै जनाले हिमाल आरोहणमा कीर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर जानुभएकी पूर्णीमा १७औँ दिनमा आज काठमाडौँ फर्किनुभएको छ । 

पूर्णिमा र पासाङले धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताउनुभयो । धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन् । 

पत्रकार गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । टासी शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुनुहुन्छ । 

उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो । प्रतिकूल मौसमका बाबजुद पनि धवलागिरि आरोहण सफल भएकामा खुसी व्यक्त गर्दै पूर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाइ भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाउनुभयो ।

यसैगरी २०७८ वैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाइलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ । हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट हुनुहुन्छ ।

थकाली सेवा समिति नेपालले आयोजना गरेको ११आँै तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, समितिका पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।