१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

जापानी निर्मित ६ एम्बुलेन्स नेपाललाई हन्तान्तरण

जापानी निर्मित ६ एम्बुलेन्स नेपाललाई हन्तान्तरण
अ अ+ अ-

काठमाडौं । जापान सरकारले ६ एम्बुलेन्स नेपाललाई सहयोग गरेको छ । जापानका राजदूत किकुता युताकाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई एक कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरेके हो ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिनुभयो । उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जापान सरकारले गरेको सहयोगमा प्रशंसा गर्नुभयो । उहाँले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताउनुभयो । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ । एम्बुलेन्स सेवाका अध्यक्ष डा. प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताउनुभयो ।  उहाँका अनुसार एम्बुलेन्समा एक जना इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) सहितको प्राथमिक स्वास्थ्य उपचार समेत गरिने छ । 

“एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले हामीले एक जना इएमटी हुन्छन्”, अध्यक्ष वैद्यले भन्नुभयो, “ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन् ।” 

एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य सामग्रीसहितको तीन महिना तालिम प्राप्त एक जान इएमटी रहने छ । अध्यक्ष डा. वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्समा राखिने जानकारी दिनुभयो ।