१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य: राष्ट्रपति भण्डारी (भिडियो सहित)

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य: राष्ट्रपति भण्डारी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ ।  बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताउनुभयो । 

उहाँले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीका रूपमा देखा परेको बताउनुभयो । वातावरण प्रदूषण, विषादीयुक्त खाद्य, सुर्ती तथा मादकपदार्थ सेवन तथा अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको भन्दै उहाँले यस अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्ने अस्पतालको योजनाप्रति खुसी व्यक्त गर्नुभयो ।

बिरामीको सेवामा सदैव खटिने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै   मित्रराष्ट्र चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेकामा उहाँले सराहना गर्नुभयो । बाइस वर्षअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो अस्पताल निर्माण भएको थियो । यस अस्पतालमा प्रत्येक वर्ष चीनबाट विशेषज्ञ चिकित्सको टोली आउने गरेको छ । 

अघिल्लो वर्ष आएका १५ विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको अस्पतालका निर्देशक डा देजकुमार गौतमले जानकारी दिनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले विशेषज्ञ चिनियाँ मेडिकल टिम अस्पतालमा नै उपस्थित भई नेपाली चिकित्सक र नर्सिङ स्टाफलाई प्रशिक्षित गराउनुका साथै कोभिड–१९ जस्तो महामारीका समयमा नेपालमा रही अस्पतालको सञ्चालन तथा विकासमा सहयोग गरेकामा चीन सरकार र चिकित्सक टोलीलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा चिनियाँ चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरुले काम गर्दाको अनुभव व्यक्त गर्नुभएको थियो । पन्ध्र सदस्यीय टोली चीनको हुवावे प्रान्तबाट आएको हो । टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।