१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन: जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने



अ+ अ-

खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाएका छन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।उक्त दलबाहेक अन्य व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दिन सक्नेछन् ।

राष्ट्रिय मान्यता प्राप्तबाहेक आठ दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने बताइएकोे छ ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रुपमा सक्रिय छन् । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त समाज पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राप्रपा नेपाल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
विसं २०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा अहिले १३ हजार ५० बढेर ६७ हजार ७४४ मतदाता पुगेको उक्त कार्यालयले जनाएको छ ।

 




भर्खरै