२ पुष २०८२, बुधबार
,
Latest
नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारविरुद्ध जसपा, सरकारविरुद्ध जनमत पार्टी



अ+ अ-

काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा सात्ताधारी दल जसपाले विरोध प्रदर्शन गरेको भोलिपल्ट सोमबार जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

जसपाले अख्तियारको शैलीले संघीयतामाथि धावा बोलेको ठहर गर्दै विरोधमा उत्रिएका छन् भने जनमत पार्टीले सरकार भ्रष्टाचारमा मुछिएकोले राजीनामा गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार जनकपुरमा प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै प्रदर्शन गरे । सो पार्टीले प्रदेश २ सरकारको राजीनामा समेत मागेका छन् ।

भ्रष्ट सरकार–राजीनामा दे । भ्रष्टाचारीलाई जेल दे लगायतका नारा लगाउँदै जनमत कार्यकर्ताहरु जनकपुरधाममा प्रदर्शन गरेका थिए। यता, अख्तियारको छापाविरुद्ध जसपाले प्रदेशभर आन्दोलन तीव्र पारेका छन् । आइतबार जनकपुरको रेल्वे स्टेशनमा सयौंको संख्यामा मोटरसाइकलसहित जसपाका नेताः कार्यकर्ताले अख्तियारविरुद्ध नाराबाजी गरे ।

‘राजनीतिक कारणले छापा’ मारेको आरोप लगाउँदै जसपाका नेतारकार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरे । मोटरसाइकलसहित प्रदर्शनकारी जनकपुरको परिक्रमा गर्दै पिराडी चोकमा विरोधसभा आयोजना गरे । सभामा जसपाका नेताहरुले अख्तियारले राजनीतिक प्रतिशोध साध्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाए समाचार नागरिक दैनिकमा प्रकाशित छ ।