३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमण कम भएन– चेर्निहाइभ गभर्नर



अ+ अ-

एजेन्सी

युक्रेनको उत्तरी चेर्निहाइभ क्षेत्रका गभर्नरले मस्कोले त्यहाँ सैन्य कारबाही घटाउने वाचा गरे पनि रुसी आक्रमणमा कुनै कमी नआएको बताएका छन्।

“के हामी यसमा (प्रतिज्ञा) विश्वास गर्छौं ? अवश्य पनि होइन” गभर्नर भ्याचेस्लाभ चाउसले टेलिग्राममा भने, “चेर्निहाइभ क्षेत्रमा ‘घटाइएको गतिविधि’ शत्रुले निजाइन शहरमा हवाई हमलासहित आक्रमण गरेर प्रदर्शन गरेको थियो र रातभर तिनीहरूले ‘चेर्निहाइभ शहर’ मा आक्रमण गरे।”

रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा रुसी समर्थित पृथकतावादीहरूको कब्जामा रहेको क्षेत्रहरूबाट युक्रेनी सरकार नियन्त्रित क्षेत्रलाई अलग गर्दै फ्रन्टलाइनमा रहेका लगभग सबै शहरहरूमा गोलाबारी गरिरहेको त्यस क्षेत्रका गभर्नरले बताएका छन् ।

गभर्नर पाभ्लो किरिलेन्कोले राष्ट्रिय टेलिभिजनमा रुसी सेनाले डोनेट्स्क क्षेत्रमा आक्रमण गर्ने आफ्नो प्रयासलाई केन्द्रित गरेपछि स्थिति झनै बिग्रन सक्ने बताए ।