३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीलाई भन्दिनू, “बर्बाद गरिदिनेछु”… युक्रेनी राष्ट्रपतिको हस्तलिखित शान्ति प्रस्तावमा पुटिनको धम्की



अ+ अ-

एजेन्सी

मस्को । युक्रेनमा जारी युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो अडान कडा बनाएका छन् । रुसी अर्बपति तथा अनौपचारिक शान्ति वार्ताकार रोमन अब्रामोविचसँगको भेटमा रुसी राष्ट्रपतिले भनेका थिए, “गएर जेलेन्स्कीलाई भन्दिनू, “म उसलाई बर्बाद बनाइदिन्छु ।”

रोमनले पुटिनलाई युक्रेनी राष्ट्रपतिबाट हस्तलिखित शान्ति प्रस्ताव पत्र दिएका थिए र त्यसको जवाफमा रुसी राष्ट्रपतिले धम्की दिएका थिए ।

द टाइम्सको रिपोर्टका अनुसार हातले लेखिएको सो नोटमा युद्ध अन्त्य गर्ने युक्रेनको शर्तहरुका बारेमा पूर्ण विवरण दिइएको छ।

यसअघि रुसी अर्बपति अब्रामोविचले युक्रेनको आग्रहलाई स्वीकार गर्दै रुससँगको वार्तामा मध्यस्थता गर्न स्वीकृति दिएका थिए ।

बेलायतको चेल्सी फुटबल क्लबका मालिक रोमनले एकअर्कालाई दुई राष्ट्र प्रमुखको सन्देश सुनाउन इस्तानबुल, मस्को र किभको चक्कर लगाइरहेका छन्।

अब्रामोविचलाई शङ्कास्पद ‘विष’

यसैबीच अब्रामोविचले यसै महिनाको सुरुमा युक्रेनी शान्ति वार्ताकारहरूसँग संदिग्ध ‘विष’ को सामना गर्नुपरेको खुलासा भएको छ । मारेका थिए।

चेल्सी फुटबल क्लबका मालिकले युक्रेन–रसिया युद्धमा ‘शान्ति निर्माता’ का रूपमा काम गरेकोले केही हप्ता अघि किभमा भएको बैठकपछि कथितरुपमा विष खुवाइएको वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ।

स्रोतहरुका अनुसार किभमा भएको बैठकपछि अब्रामोविच र युक्रेनी टोलीका दुई वरिष्ठ सदस्यहरूले लक्षणहरू रिपोर्ट गरेका थिए । जसमा आँखा रातो हुनु, दुखाइले आँसु आउनु र अनुहार तथा हातका छालामा घाउ देखा परेको थियो ।

मार्च ३ मा युक्रेन र रुसबीचको शान्ति वार्तामा भाग लिएका अब्रामोविचसहित प्रतिनिधिमण्डलका तीन सदस्यहरूले ‘रासायनिक हतियारको विषाक्ततासँग मिल्दोजुल्दो लक्षणहरू’ अनुभव गरेको बेलिङक्याटका विश्लेषकहरूले पुष्टि गरेको डेली मेलले जनाएको छ ।

खोजी समाचार साइट बेलिङक्याटका अनुसार अब्रामोविच, अर्का रुसी उद्यमी र युक्रेनी सांसद रुस्तम उमरोभ राति १० बजेसम्म चलेको वार्तामा भाग लिइरहेका थिए।

आँखा र छाला सुन्निने, आँखामा दुखाइ

प्रतिनिधिमण्डलका तीन सदस्यहरू ३ मार्चको वार्ताबाट त्यही रातपछि किभको एउटा अपार्टमेन्टमा सरेका थिए। त्यहाँ रहँदा उनीहरु सबैको आँखा र छाला सुन्निने र भोलिपल्ट बिहानसम्म आँखामा दुख्ने समस्या थियो ।

स्रोतहरूका अनुसार उनीहरूले मस्कोमा संदिग्ध विषाक्त आक्रमणका लागि कट्टरपन्थीहरूलाई दोष दिए, जसले युद्ध अन्त्य गर्न जारी वार्तालाई अवरोध गर्न चाहन्थे।