२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित



अ+ अ-

लाहोरमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित भएको छ । पाकिस्तान भूमिमा अस्ट्रेलियाले टेस्ट क्रिकेट शृखला जितेको यो पहिलो अवसर हो ।

निकै रोमाञ्चक यस खेलमा ३५१ रनको लक्ष पाएको पाकिस्तानको टोली दोस्रो इनिङमा २३५ रनमै समेटिएको थियो । अस्ट्रेलियाका लागि नाथन लायनले ५ तथा कप्तान प्याट कमिन्सले ३ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङमा ३९१ रन बनाएको थियो भने दोस्रो इनिङमा तीन विकेटको क्षतिमा २२७ रन बनाएर ३५१ रनको चुनौती दिएको थियो । पाकिस्तानले भने पहिलो इनिङमा २६८ रन मात्र बनाएको थियो ।

यसअघि कराँची र रावलपिन्डीमा भएका दुई टेस्ट बराबरीमा समाप्त भएका थिए ।

अब यी दुई टोलीबीच पाँच वटा टी२० खेल हुनेछन् ।