२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित



अ+ अ-

लाहोरमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित भएको छ । पाकिस्तान भूमिमा अस्ट्रेलियाले टेस्ट क्रिकेट शृखला जितेको यो पहिलो अवसर हो ।

निकै रोमाञ्चक यस खेलमा ३५१ रनको लक्ष पाएको पाकिस्तानको टोली दोस्रो इनिङमा २३५ रनमै समेटिएको थियो । अस्ट्रेलियाका लागि नाथन लायनले ५ तथा कप्तान प्याट कमिन्सले ३ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङमा ३९१ रन बनाएको थियो भने दोस्रो इनिङमा तीन विकेटको क्षतिमा २२७ रन बनाएर ३५१ रनको चुनौती दिएको थियो । पाकिस्तानले भने पहिलो इनिङमा २६८ रन मात्र बनाएको थियो ।

यसअघि कराँची र रावलपिन्डीमा भएका दुई टेस्ट बराबरीमा समाप्त भएका थिए ।

अब यी दुई टोलीबीच पाँच वटा टी२० खेल हुनेछन् ।