३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयार भयो चोभार सुक्खा बन्दरगाह



अ+ अ-

काठमाडौं । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।

२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस ९कोभिड १९० लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो ।

२२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू। १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर्ब खर्च भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक होल्डरहरू ल्याउने तयारी भइरहेकोसमाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।