६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य



अ+ अ-

काठमाडौं । सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी प्रस्ताव गर्न लागिएको छ ।

हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ। मुख्यसविच र सचिवको कार्यकाल छोटो पार्न संघीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उच्च तहमा आन्तरिक गृहकार्य भइरहेको स्रोतले बतायो।

संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेवा ऐनको विधयेक सरकारले फिर्ता लिने निर्णय गरेको छ। उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको स्रोतले बतायो। परिमार्जित विधेयक अध्यादेशको रुपमा ल्याउने या संसद्मा पेस गर्ने भन्ने विषयमा टुंगो नलागेको स्रोतले बतायो ।

‘अहिलेको कानुनअनुसार सचिवको कार्याकाल पाँच वर्षसम्म कायम राख्ने हो भने हालै सहसचिवमा प्रवेश गरेका कर्मचारीलाई सचिव पदमा पुग्न कम्तीमा १४ वर्ष लाग्छ। दुईरतीन वर्षअघि सहसचिव भएका कर्मचारीलाई सचिवमा बढुवा हुन कम्तीमा १० वर्ष लाग्छ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने, ‘त्यसैले कर्मचारी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र कर्मचारीहरूको वृत्ति विकासका लागि पनि सचिव र मुख्यसचिवको कार्याकाल छोट्ट्याउनु जरुरी छ ।’

प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीहरू पनि मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउनुपर्ने तर्क राख्छन। प्रधानमन्त्री कार्यालयका एक उपसचिव भन्छन्, ‘सचिव सरहका नेपाली सेनाका विशिष्ट श्रेणीका जवानको कार्यकाल तीन वर्ष मात्र छ। तर कर्मचारी क्षेत्रमा मात्र किन पाँच वर्ष बनाउनुपर्‍यो रु’ नेपाल प्रहरीमा पनि सचिवसरहका उच्च जवानहरूको कार्यकाल चार वर्ष कायम गरिएको छ ।

मुख्यसचिव र सचिवको कार्याकाल तीन वर्ष र दुई वर्ष अन्तर्राष्ट्रिय अभ्यास भएको संघीय मामिला मन्त्रालयका उच्च कर्मचारीहरू बताउछन्। 

मुख्यसचिव र सचिवको कार्यकाल अहिलेकोभन्दा छोटो बनाउन कर्मचारी संघ, संगठनका प्रतिनिधिहरूको पनि सुझाव छ। नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव यज्ञराज अर्यालले मुख्यसचिव र सचिवको कार्याकाल छोट्टयाउन बहस र गृहकार्य हुनु सकारात्मक भएको बताएको समाचार नागरिक  दैनिकमा प्रकाशित छ ।




भर्खरै