२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पच्चीस हजार सवारीसाधन बाहिरिए



अ+ अ-

काठमाडौँ । नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसाधनको सङ्ख्या र यात्रु सिट क्षमताका आधारमा यत्तिको सङ्ख्यामा यात्रु बाहिरएको जानकारी दिनुभयो । सो सङ्ख्या क्रमशः बढ्ने देखिन्छ । विभिन्न नाकाबाट तीन दिनमा जम्मा एक लाख व्यक्ति भित्रिएका छन् । त्यस्तै, २० हजार सवारीले प्रवेश गरेका छन् । उहाँका अनुसार भित्रिनेभन्दा बाहिरिनेको सङ्ख्या दोब्बर पुगेको छ । सवारीसाधनको सङ्ख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन् । असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन् ।

त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०/२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।