१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
अ अ+ अ-

काठमाडौँ । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।  

अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिनुभयो । 

राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ ।”

पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताउनुभयो । 

उहाँले भन्नुभयो “कोभिडले थप अवरोध नपुर्‍याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ । निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन् ।” अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ ।”

आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । सडक भत्काएर काम गरेको भए सडकको अवस्था अहिलेभन्दा पनि नराम्रो हुने भएकाले नभत्काइएको उहाँले बताउनुभयो । निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण, वन विभाग र जिल्ला प्रशासन कार्यालयलगायत सरोकार राख्ने निकायबाट सहयोग र समन्वयमा काम भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । सो सडकमा निर्माणको काम गर्ने कम्पनी अन्तर्राष्ट्रिय कम्पनी भएकाले उसले प्रतिष्ठाका लागि पनि गर्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “कोभिडबाहेक अरु अवरोध नभएकाले एक वर्षमा पनि प्रगति बढ्ने देखिन्छ ।”

बुटवल–नारायणगढ सडकमा दुई खण्डमा एकै पटक निर्माण अघि बढाइएकामा अहिले दुवैतर्फ काम भइरहेको छ । दसैँ सुरु भएसँगै कामदार घटिरहेकाले निर्माणस्थलमा बाँकी भएकालाई खाल्डा टाल्ने काममा लगाइएको आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “यसअघि वर्षाकै कारण खाल्डा टाल्न नसकिएको भए पनि रोएिपछि काम गर्न थालिएको हो ।”

निर्माण व्यवसायी पहिलेभन्दा निर्माणमा तदारुकता देखाएको आयोजनाले जनाएको छ । निर्माणको अवधिमा यहाँ भएर आवतजावत गर्ने सवारी साधनलाई बाधा नपुगोस् भनेर ध्यान दिइने गरी योजना बनाइएको छ । सबैभन्दा बढी सवारी चाप रहेको सडक भएकाले पनि यहाँको विस्तारमा चुनौती छ । त्यही कारणले पनि धेरैको चासो र  गुनासो पाइएको छ । कहिले कहिले क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले गर्दा जाम हुने गरेको छ । धेरैले सडकका कारणले सडक जाम भएको भनी बुझ्ने गरेका छन् । 

सडक निर्माण गर्दा एर्कातर्फबाट सवारी साधन पठाउने वैकल्पिक सडक नभएकाले पनि भइरहेकै सडकमा व्यवस्थापन गरेर निर्माण र सवारी साधन सञ्चालन गर्नुपर्ने प्रमुख दृष्टिले बताउनुभयो । कतै छ लेन त कतै चार लेन सडक निर्माण गर्न लागिएकामा कुनै लेनमा निर्माण अघि बढाइरहँदा अर्को लेनमा सवारीसाधन चालु गर्ने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “निर्माणको अवधिमा गन्तब्यमा पुग्न बढी समय लाग्ला तर पूरै सवारीसाधन नरोकिने गरी काम हुनेछ ।” 

गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ । विसं २०७५ चैतमा सो सडकको विस्तार सुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । (रासस, सञ्चिता घिमिरे)