२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४औँ महाधिवेशन : यस्तो बन्नेछ केन्द्रीय कार्य समिति



अ+ अ-

काठमाडौँ । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो । यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ । जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।

काँग्रेसले यस पटक सबैभन्दा धेरै नेतालाई खुला सदस्यबाट केन्द्रीय समितिमा पुर्याउन सक्नेछ । खुला सदस्यमा यस पटक ३५ स्थान छुट्याइएको छ । यसअघि खुला सदस्यको सङ्ख्या २५ थियो । खासगरी पदाधिकारी निर्वाचन नलड्ने तर पाका पुस्ताका धेरै नेता केन्द्रीय समितिमा जान चाहने भएका कारण खुला सदस्यको सङ्ख्या बढाइएको हो । खुला सदस्यमा देशभरका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

काँग्रेसले यस पटक महिलाको केन्द्रीय समितिको प्रतिनिधित्वलाई पनि थप सुनिश्चित गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले कम्तीमा दस वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएका महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित गरेका नौ जना महिला सदस्यहरू केन्द्रीय समितिमा पुग्नेछन् । काँग्रेसले सातवटै प्रदेशबाटसमेत केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । सोअनुसार प्रदेशका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना महिलासहित तीन जना रहने गरी प्रत्यक्ष निर्वाचनको माध्यमबाट सातवटै प्रदेशबाट २१ जना केन्द्रीय समितिको भूमिकामा पुग्नेछन् ।

यसका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिले चार महिलासहित नौ जना दलित, सात महिलासहित आदिवासी जनजातिबाट १५ जना, खसआर्यबाट छ जना महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित नौ जना, थारूबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यसअतिरिक्त अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक गरी दुई जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने व्यवस्था काँग्रेसको विधानमा छ ।

३३ जना मात्रै मनोनित: काँग्रेसले यस पटकको विधानमा मनोनितको सङ्ख्या ह्वात्तै घटाएर निर्वाचनको माध्यमबाट चयन गरिने कुरालाई प्राथमिकता दिइएको छ । कुल १६८ केन्द्रीय कार्यसमितिमा यस पटक निर्वाचित हुने सभापतिले जम्मा ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई मात्र केन्द्रीय समितिमा मनोनित गर्नसक्छ । त्यसमा पनि एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरिएको छ । यसबाहेक समानुपातिक समावेशी सिद्धान्त, अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएका क्षेत्रको समेत प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।

यो अवस्थामा सभापतिले धेरैलाई केन्द्रीय समितिमा मनोनित गर्नसमेत नसक्ने अवस्था रहेको जनाइएको छ । यसअघि मनोनितको सङ्ख्या १६ थियो र केन्द्रीय समितिको आकारसमेत सानो थियो । काँग्रेसको संसदीय दलको नेता केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।  




भर्खरै