६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको सय दिन : काम कम, आलोचना धेरै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको मंगलबार सय दिन पूरा भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले १ सय दिनको अवधिमा सरकारले हासिल गरेको उपलब्धिको २४ वटा सूची सार्वजनिक गरेको छ । सरकारले सन्तुलित परराष्ट्र नीति लिएको, खोप कूटनीतिमा सफलता प्राप्त गर्नुको साथै १ करोड ५० लाख खोप व्यवस्थापनलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । लक्ष्यअनुसार ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाएको बताउँदै सचिवालयले लगानीमैत्री वातावरणको सिर्जना गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गरेको उल्लेख गरेको छ । सरकारको उपलब्धिका रूपमा सचिवालयले कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज सार्वजनिक गरेको, कोभिड–१९ को प्रभावकारी रूपमा रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरेको, चुस्त सुरक्षा व्यवस्था गरेको, प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सफल भएको बताएको छ ।

यस अवधिमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार गर्नुको साथै विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि गर्न सफल भएको पनि उपलब्धिका रूपमा राखिएको छ ।

सडक तथा यातायातको पहुँच विस्तार भएको, देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार भएको, सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको बताउँदै सचिवालयले विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बताएको छ ।

सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ शुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि दुर शिक्षाको प्रक्रिया शुरु गरिएको, प्रकृतिक विपत्तिमा तत्काल उद्धार गर्ने व्यवस्था गरिएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरिएको पनि सचिवालयले बताएको छ ।

सरकारले यस अवधिमा अति विपन्न गरिव घर परिवारलाई प्रतिघरपरिवार १० हजार रुपियाँका दरले राहत दिने घोषणा गर्नुको साथै युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा गर्नुको साथै साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही ५ लाख दिने घोषणा गर्नुलाई पनि आफ्नो उपलब्धि मानेको छ ।
सरकारले एक सय दिनको उपलब्ध सार्वजनिक गरे पनि महँगी नियन्त्रण गर्न असफल भएको, जनअपेक्षा अनुसारको काम अगाडि बढाउन नसकेको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ ।

नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा सर्वोच्च अदालतको परमादेशबाट देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो । सरकार गठन भएको तीन महिनापछि मात्र बल्लतल्ल मन्त्रिपरिषद्ले पूर्णता पाएकोमा उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले नियुक्ति पाएको दुई दिनमै राजीनामा दिनुभएको थियो । रिक्त उद्योग मन्त्रालयमा प्रधानमन्त्री देउवाले अझै नयाँ मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।

सरकारले प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेसँग समन्वय गर्न नसक्दा प्रतिनिधिसभाको बैठक नियमित रूपमा अवरुद्ध हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्लाई सहज रूपमा सञ्चालन गर्न बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेसँगै पुनः सर्वदलीय बैठक बस्न सकिरहेको छैन ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै