६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। 

बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए।  

बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जोड्नु गलत भएको भन्दै पार्टीमा यसले कालान्तरमा समस्या जन्माउने बताएका थिए। 

स्रोतका अनुसार रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनुपर्नेमा झन् बल्झाउने र कार्यकर्तामा निराशा फैलाउने अभिव्यक्ति दिनु नराम्रो भएको टिप्पणी गरेका थिए। ‘विवाद भए पनि समाधान हुन्छ भन्ने सन्देश दिनुपर्नेमा यस्तो रटान नगर्नू भन्ने शैलीको अभिव्यक्तिले पार्टीलाई क्षति पु¥याउँछ’, रावलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।  

ओलीले बुधबार माधवकुमार नेपाल पार्टीमा रहन्छन् भनेर सहमति गरिएको, उनी नै नरहेपछि त्यसको कुनै औचित्य नभएको बताएका थिए। ‘अब १० बुँदे १० बुँदे, ट्याङट्याङ, ट्याङट्याङ गरिरहन आवश्यक छैन’, ओलीले बुधबार भनेका थिए, ‘माधव आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरियाथ्यो, अब केको १० बुँदे ।’

स्थायी कमिटी बैठकमा उपमहासचिव भुसालले अध्यक्षबाट यस्तो अभिव्यक्ति आउँदा आश्चर्य लागेको बताउँदै सहमति कार्यान्वयन गर्नुपर्ने र त्यसले पार्टीलाई आगामी दिनमा झन् बलियो बनाउने भनाइ राखेका थिए। ‘पार्टीमा कोही व्यक्ति रहनुरनरहनु भन्दा पनि विचारले निर्देशित गर्ने कुरा भएकाले यसो भएन वा त्यसो भएन भनेर अर्कोलाई धेरै आक्षेप लगाउनु आवश्यक छैन। 

अहिले केही नेताहरू पार्टीभित्र हुनुहुन्न। अब पनि थप क्षति पुग्ने अभिव्यक्ति सार्वजनिक हुनु दुःखद हो’, भुसालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। बैठकमा १० बुँदे सहमतिको विषयले प्राथमिकता पाएपछि अध्यक्ष ओलीले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने, धेरै ठाउँमा समस्या नभएको जवाफ दिएका थिए। 

उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत पनि ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। उनले १० बुँदे सहमति कार्यान्वयन नभए पार्टीलाई ठूलो क्षति हुने संकेत गरेका छन्।  

स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिबारे छलफल भएको स्वीकार गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सहजीकरण गर्न बनेको कार्यदलले शुक्रबार सुझाव दिने बताए। ‘१० बुँदे पार्टीको सहमति भएको र त्यसलाई पार्टीले स्वीकार गरेको अवस्थामा त्यसबारे कहीं कतै असहमति भए सहजीकरण गर्न बनेको कार्यदलले सहजीकरण गर्नेछ। 

आजको बैठकमा त्यसबारे छलफल भएको छ’, उनले भने। ज्ञवालीका अनुसार शुक्रबारको बैठकमा कार्यदलले सुझाव दिने भएकाले त्यस विषयमा थप निर्णयसमेत हुनेछ। दस बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न बनेको कार्यदलको पनि बिहीबार बैठक बसेको थियो। कार्यदलले शुक्रबार सुझाव दिने भएको छ। कार्यदलमा रावल संयोजक छन् ।

असार २७ गते गरिएको १० बुँदे सहमतिको विषयमा ओलीले दिएको अभिव्यक्तिपछि एमालेभित्र तरंग उठेको छ। १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि माओवादीबाट आएका रामबहादुर थापालगायत नेतालाई उही पदमा राख्नेसमेतका पछिल्ला निर्णयलाई ओलीले कायम राखेर यसअघि नै १० बुँदेको औचित्य समाप्त भएको संकेत गरेका थिए ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ । 




भर्खरै