१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 5.14

Humidity: 43

Latest
अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी ‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति



अ+ अ-

काठमाडौं । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ। बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकका तीन प्रदेशमा बढी क्षति पुगेको छ । लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ मा बढी क्षति भएको हो । प्रारम्भिक सूचनाका आधारमा तीन प्रदेशमा धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘वर्षाले तीन प्रदेशका १५ जिल्ला धानखेती बढी प्रभावित भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘करिब ६ अर्ब रूपैयाँको धानबाली नष्ट भएको प्रारम्भिक सूचना आएको छ ।’ क्षतिको आकार बढ्न सक्ने उनले बताए । विभिन्न जिल्लाबाट तथ्यांक आउने क्रम जारी रहेकाले पूर्ण तथ्यांक नआएको सञ्जेलले बताए ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुमपूर्व, प्युठानमा बढी क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र चार अर्ब ५५ करोड ४३ हजार रूपैयाँ मूल्यको धानमा क्षति भएको मन्त्रालयले जनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।