६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति



अ+ अ-

काठमाडौं । धान भित्र्याउने बेलाको अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ। बेमौसमी वर्षाले काटेको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकका तीन प्रदेशमा बढी क्षति पुगेको छ । लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ मा बढी क्षति भएको हो । प्रारम्भिक सूचनाका आधारमा तीन प्रदेशमा धानबालीमा ६ अर्ब रूपैयाँभन्दा बढी क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

‘वर्षाले तीन प्रदेशका १५ जिल्ला धानखेती बढी प्रभावित भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘करिब ६ अर्ब रूपैयाँको धानबाली नष्ट भएको प्रारम्भिक सूचना आएको छ ।’ क्षतिको आकार बढ्न सक्ने उनले बताए । विभिन्न जिल्लाबाट तथ्यांक आउने क्रम जारी रहेकाले पूर्ण तथ्यांक नआएको सञ्जेलले बताए ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुमपूर्व, प्युठानमा बढी क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र चार अर्ब ५५ करोड ४३ हजार रूपैयाँ मूल्यको धानमा क्षति भएको मन्त्रालयले जनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । 




भर्खरै