६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमा बाहिरियो १६ अर्ब



अ+ अ-

काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो । गत आर्थिक वर्षमा सूचना प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक उपकरण खरिद तथा आयातमा मात्र विभिन्न सेवाप्रदायक कम्पनीले कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ विभिन्न मुलुकमा पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले तथ्यांक औंल्याएको हो । सो अवधिमा विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको छ ।

जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।

यसैगरी, कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्च भएको रकमको ४८.११ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा वल्र्डलिंक कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधि भिœयाएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको प्राधिकरणले जनाएको छ । जसअनुसार १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा विभिन्न १३ वटा टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले आवश्यक उपकरण, ब्यान्डविथ प्रविधि तथा परामर्शमा यति धेरै विदेशी मुद्रा खर्चिएका हुन् । अझै यीबाहेकका कम्पनीले विभिन्न समयमा खरिद गरी ल्याएका तथा विभिन्न देशका दातृ निकाएले उपलब्ध गराएको अनुदान सहयोगबाट भित्र्याइएका दूरसञ्चार उपकरण र पूर्वाधार विकासका साधन तथा प्राविधिकको तथ्यांक प्रतिवेदनमा समावेश नभएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यस्ता छुटपुट भएका कम्पनीको खर्चलाई पनि जोड्ने हो भने दूरसञ्चार उपकरण र पूर्वाधार विकास विस्तारको नाममा हरेक वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिने बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार दूरसञ्चार उपकरणको आयात बढ्दा नेपालमा धेरै भित्रिने वस्तुको सूचीमध्ये यो सातौं स्थानमा रहेको छ । त्यस्तै कुल आयातमा दूरसञ्चार उपकरणको हिस्सा २.४ प्रतिशत देखिएको छ ।

दूरसञ्चार सेवा प्रदायकले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदा पनि यस्ता उपकरणको आयात बढेको हो । यसैगरी, देशैभर ब्रोडब्यान्ड विस्तार र सूचना महामार्ग निर्माणको काम समेत जारी रहँदा यससँग सम्बन्धित उपकरण आयात बढेको देखिन्छ । यस्ता सूचना महामार्ग निर्माण तथा विस्तारका अभियानसँगै कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयसम्म गरिएको लकडाउन र निषेधाज्ञाको समयमा समग्र मुलुकको दूरसञ्चार सेवाको खपत बढ्दा क्षमता विस्तारका लागि समेत दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात बढेको हो ।

नेपाल राष्ट्र बैंकले पनि गत आवको सोही अवधिमा दूरसञ्चार क्षेत्रमा प्रयोग हुने उपकरण तथा पार्टपुर्जाको आयातमा उल्लेखनीय वृद्धि भएको बताएको छ । आजको राजधानी दैनिकमा खबर छ ।




भर्खरै