६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा दशौँ महाधिवेशन सरगर्मी : आज ६ हजार ७४३ वटै वडामा अधिवेशन



अ+ अ-

संसद्को ठूलो दल प्रतिपक्षी नेकपा एमालेमा दशौँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले शनिबार एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्दै छ ।

अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेर सम्बोधन गर्दै छन् । लगत्तै ९ कात्तिकमा देशभरका सात सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गर्दै छ । गत १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो ।

बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको दशौँ महाधिवेशन आगामी १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको नीति, विचार र विधान पारित गर्ने विधान महाधिवेशन सम्पन्न भइसकेकाले एक महिनापछि हुने महाधिवेशन केवल नेतृत्व चयनमा केन्द्रित हुनेछ । त्यसैले शनिबार देशभर सम्पन्न हुने वडा अधिवेशनसँगै एमालेभित्र दशौँ महाधिवेशनको सरगर्मी तीव्र रूपले अगाडि बढ्नेछ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भर्चुअल माध्यमबाट उद्घाटन हुने वडा अधिवेशनमा कम्तीमा दुई लाख कार्यकर्ता सहभागी हुने बताए । अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न तामाङले केन्द्रीय कार्यालयका तर्फबाट बिहीबारै आठबुँदे सर्कुलर पठाएका छन् ।

संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न एमालेले निर्देशन दिएको छ । भव्यतापूर्वक जनसहभागितामा अधिवेशन सम्पन्न गर्न र झण्डा र ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्न सर्कुलरमार्फत निर्देशन दिइएको छ । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

पाण्डे महाधिवेशन मूल व्यवस्थापनको सहसंयोजक

एमाले स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेलाई महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिएको छ । बिहीबारको बैठकले आगामी १२ देखि १४ मंसिरमा चितवनमा हुने महाधिवेशन सम्पन्न गर्न स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’लाई मूल व्यवस्थापन समितिको संयोजक बनाएको थियो । शुक्रबारको बैठकले समितिलाई पूर्णता दिएको छ ।

जसअनुसार समितिको सचिवमा विष्णु रिमाल रहनेछन् भने सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल लीला गिरी, कपिल पोखरेल, पार्वती रावल, कृष्णभक्त पोखरेल र दीपक देवकोटा रहेका छन् । बाँकी एक सदस्य पछि मनोनीत हुनेछन् ।

यस्तो बन्दै छ एमालेको स्थानीय कमिटी

एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार शनिबारको अधिवेशनबाट ३१ सदस्यीय कमिटीहरू बन्नेछन् । त्यसअनुसार ६ हजार सात सय ४३ वडाको आधारभूत तहको वडा कमिटीमा दुई लाख नौ हजारजनासम्म कार्यकर्ता संगठित हुनेछन् । विधानअनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक तथा दुई उपसचिव रहेको कमिटी बन्नेछ । तर, उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी हुनेछन् । त्यस्तै, महानगर कमिटी एक सय एक सदस्यीय, उपमहानगर कमिटी ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकाको ७५ सदस्यीय हुने विधानमा उल्लेख छ ।

नेतृत्व चयन गर्न विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि  छनौेटका लागि मापदण्ड

स्थायी समिति बैठकले महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न ०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड टुंग्याइएको छ । त्यस्तै, महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न ११ कात्तिकमा स्थायी समिति र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । महाधिवेशनमा विभिन्न मुलुकका भाइचारा पार्टी र देशभित्रका राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।




भर्खरै