१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह
अ अ+ अ-

पोखरा, २४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका हुन् ।

नेपालमा १२ औं जनगणना बिहीबार अर्थात कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ । राज्यको पुनसंरचनापछि अर्थात् देशले संघीय शासन प्रणाली अंगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणनाको खास महत्व रहेको मुख्यमन्त्रीले जनाएका छन् । प्रदेश भनेको संघीयताले जन्माएको नयाँ प्रणाली हो । प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान भएको छैन । २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशहरुको स्थापना भए पनि हाम्रो तथ्यांक थिएन । उनले भनेका छन्, ‘२०६८ सालमा राज्यको पुरानो संरचना अन्तगरगत गरिएको जनगणनाका तथ्यांकलाई नै हामीले उपयोग गरेर यहाँसम्म आइपुगेका छौं । तर यसपालि जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसंख्या तथ्यांक उपलब्ध गराउनेछ । यो खुसीको कुरा हो ।’

हाम्रो प्रदेशको जनसंख्या कति छ ? कुन कुन जातिका मानिसहरुको बसोबास छ ? कुन धर्म र सस्कृतिका मानिसहरु कति छन् ? कुन भाषा बोल्ने मानिसहरुको बाहुल्य छ ? सामाजिक बहिष्करणमा परेका समूहहरु दलित, जनजाति, अल्पसंख्यक लोपोन्मुख महिला, अपांगता भएका व्यक्ति आदिको जनसंख्याको अवस्था के छ भन्ने कुरा जनगणनाले छर्लंग पार्ने मुख्यमन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् । उनका अनुसार जनगणनाबाट आउने यही तथ्यांकलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक, समुदाय, महिला वा अपांगता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउँदछ । यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जनगणनाको तथ्यांक संकलनको पहिलो चरण अन्तरगत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षकहरु सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।

जनगणनाका क्रममा टिपाएका तथ्यांक गोप्य रहने भन्दै मुख्यमन्त्रीले उल्लेख गरेका छन्, ‘यस्ता विवरण गोप्य नराख्ने वा गोपनियता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारवाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’ आफ्ना घरमा तथ्यांक संकलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘गणकले सोधेका सबै प्रश्नहरु धैर्यपूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछ ।’
 
केन्द्रीय तथ्यांक विभागले यस जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गरेका छन् ।