१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्तृत शान्ति सम्झौताको १५ बर्ष , पीडित न्यायको पर्खाइमा



अ+ अ-

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। २०६३ मसिर ५ गते राज्यपक्षका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला  र माओबादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेपछि एक दशक लामो सशस्त्र युद्धलाई अन्त्य भएको थियो ।

१० बुदाँ रहेको शान्ति सम्झौताका राजनीतिक बिषयहरु कार्यन्वयन भए पनि द्धन्द्धका बेला दुबै पक्ष बाट अन्यायमा परेकाहरुको माग भने पुरा हुन सकेको छैन । शान्ति सम्झौता पछि नेपालको राजनीतिले नयाँ बाटो लिएको थियो ।

जस अनुसार सबिधानसभाको निर्बाचन हुदै मुलुक गणतन्त्र सहितको संघीयतामा प्रबेश गरेको थियो ।  ६० दिन भित्र दुबै पक्षले बेपत्ता पारेका व्यक्तिहरुको बारेमा सार्बजनिक गर्ने भएपनि १५ बर्ष पुरा भै सक्दा यो बिषय दुबै पक्षको प्राथामिताका परेका छैनन ।  तर माओबादी लडाकुहरुको समायोजन संगै केही हतियारहरु भने राज्यको जिम्मामा आएका छन् । 

सरकारले द्वन्द्वको घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय पीडकलाई दण्ड दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको भएपनि दुबै आयोग काम प्रभाबकारी भएको छैन । ढिलो गरी गठन भएको आयोगमा दुई कार्यकालका पदाधिकारीहरुले आफ्नो कार्यकाल पुरा गरिसके तर पीडितका गुनासा माग सम्बोधन  भएका छैनन । 

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६० हजार उजुरीहरु दर्ता भएका छन् भने  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा १ सय ९७ उजुरी दर्ता भएका थिए ।