२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ११.६० अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ ।

कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सिमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ ।  

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।  जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ। जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३ , निर्जीबन बीमा ६४.१६ , माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ । तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ । 

आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक,कपोरेट विकास बैंक,हिमाल दोलखा हाइड्रो पावर ,समृद्धि फाइनान्सको शेयर मुल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स,आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।