• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

ह्याप्पी न्यू ईयर हेर्न नपाएको झोकमा एक महिलाले पिइन् एसिड



भारतको मध्य प्रदेशको शिवपुरी जिल्लामा एक महिलाले हालै प्रदर्शनको क्रममा रहेको चलचित्र ह्याप्पी न्यू ईयर हेर्न नपाएको झोकमा एसिड सेबन गरेकी छिन् । उनले आफ्ना पतिलाई सँगै चलचित्र हेर्न जान आग्रह गरेकी थिइन् । तर पति बिशालले हलमा मान्छेको भिड छ भन्दै एक्लै चलचित्र हेर्न गएपछि उनले एसिड सेबन गरेकी थिइन् ।

नेहा नाम गरेकी २१ बर्षिय उक्त महिलाले गत मंगलबार यसरी एसिड सेबन गरेकी थिइन् । यसरी एसिड सेबन गरे लगत्तै उनलाई शिवपुरीको एक अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालले अबस्था नाजुक रेको भन्दै ग्वालियर अस्पतालमा रिफर गरिदिएको थियो । उनको अबस्थामा अहिलेसम्म सुधार नआएको जनाइएको छ । यता पुलिसले भने यो केश सम्बन्धी मुद्दा दर्ज गर्न मानिरहेको छैन ।