वासिङ्टन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ ।
सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई 'लेभल फोर' सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।
सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् । (रासस-सिन्ह्वा)