• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   देवघाटमा दुई वडाका नयाँ भवन निर्माण ★   लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध ★   नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य: अर्थमन्त्री पुन ★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते ★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान

‘जज्बा’मा वकिल बन्दै ऐश्वर्या, हुने छैन एक्शन सिन



केहि समय पहिलादेखि बलिउड अभिनेत्री ऐश्वर्या रायको कमब्याक चलचित्र जज्बामा जर्बदस्त एक्शन सिन हुनेछ भन्ने समाचारको निर्देशक संजय गुप्ताले खण्डन गरेका छन् । उक्त चलचित्रमा ऐश्वर्या एक वकिलको भूमिकामा देखिने पनि संजयले खुलाए ।

दमदार भूमिकामार्फत कमब्याक गर्ने सोचमा रहेकी ऐश्वर्यालाई जब्बा बाहेक अन्य दुई चलचित्र गर्न अफर आईरहेको छ । स्वयम् ऐश्वर्या भने यी तीन चलचित्र मध्य कुन चलचित्रबाट कमब्याक गर्दा राम्रो हुन्छ भन्ने कुराको टुङ्गो लगाउन नसक्दा तीनै चलचित्र फ्लोरमा जान सकिरहेका छैनन् ।

उनलाई कमब्याक गर्न अफर आएका अन्य दुई चलचित्र हुन् सुजाय घोषको दुर्गा रानी सिंह र पैकाश झाको गंगाजल -२ । जब्बा र गंगाजल- २ मा ऐश्वर्यालाई प्रहरी अधिकृतको भूमिकामा देखाउन खोजिएको छ । ऐश्वर्याले आफ्नो यसअघिका कुनैपनि चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छैनन् । अर्को चलचित्र दुर्गा रानी सिंह पनि नारीप्रधान चलचित्र भएकोले उनको भूमिका दमदार नै रहने बताइएको छ ।

यी तीन चलचित्र मध्य कुन चलचित्रले ऐश्वर्यालाई कमब्याक गराउन सफल हुन्छन् छिट्टै पत्ता लाग्नेछ । किनकी ऐश्वर्य अब छिट्टै कुन चलचित्रमार्फत डेब्यस् गर्ने भन्ने टेङ्गो लगाएर छिट्टै फ्लोरमा जान इच्छुक रहेको बताएकी छिन् । चलचित्र गंगाजलको लागि नायीका काजोल अग्रवाललाई पनि अफर गरिएको कुरा बाहिरिएकोले यसलाई ऐश्वर्यले त्यति महत्व नदिन सक्ने चर्चा बलिउडमा चलेको छ ।